दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो « Khabarhub

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका थप व्यक्तिको उद्धारका लागि नेपाल विद्युत् प्राधकिरणका एकजना सुपरभाइजरको नेतृत्वमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पावर हाउसतर्फ प्रवेश गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केशीसहितको नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली थप जनशक्तिको उद्धारका लागि माथिल्लो त्रिशूली–३ ‘ए’ को पावर हाउसमा प्रवेश गरिसकेको छ।

सुरुङभित्रको अवस्थालाई मध्यनजर गर्दै उद्धार टोलीले थप व्यक्तिको खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको छ।

यसअघि शुक्रबार उद्धार टोलीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरेको थियो। उद्धार हुनेमा मेकानिकल इन्जिनियर सञ्जय साह र कविर महर्जन रहेका छन्।

सुरुङबाट बाहिरिएलगत्तै साहले सुरुङभित्र रहेका अन्य व्यक्तिहरू पनि सुरक्षित रहेको जानकारी उद्धारकर्मीलाई दिएका थिए। नेपाल विद्युत् प्राधिकरणका अनुसार साहले आफूहरूसँगै सुरुङभित्र रहेका सबैजना सकुशल रहेको र उद्धारको प्रतीक्षामा रहेको बताएका थिए।

उद्धार गरिएका साह र महर्जनको घटनास्थलमै खटिएको नेपाली सेनाको मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

यसअघि के भएको थियो ?

भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनाको पावर हाउस तथा सुरुङ क्षेत्रमा ठूलो क्षति पुगेको थियो। बाढीका कारण आयोजनाका सुरुङ तथा पावर हाउस क्षेत्रमा काम गरिरहेका केही कर्मचारी तथा प्राविधिक सम्पर्कविहीन भएका थिए।

सुरुङभित्र मानिसहरू फसेको जानकारी पाएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसहितको टोलीले खोज तथा उद्धार सुरु गरेको थियो। बाढीका कारण सुरुङभित्रको अवस्था जोखिमपूर्ण रहेकाले उद्धार कार्य सहज हुन सकेको थिएन।

उद्धारका क्रममा शुक्रबार पहिलोपटक सञ्जय साहलाई जीवितै बाहिर निकालिएको थियो। त्यसपछि कविर महर्जनलाई पनि उद्धार गरिएको हो। उनीहरूले सुरुङभित्र रहेका अन्य व्यक्तिहरू जीवित र सुरक्षित रहेको जानकारी दिएपछि उद्धारमा संलग्न टोलीमा थप आशा पलाएको छ।

अहिले सुरुङभित्र रहेका अन्य व्यक्तिसम्म पुग्न थप जनशक्ति र उपकरण परिचालन गरिएको छ। सञ्जय साह र कविर महर्जनको जीवित उद्धारपछि सुरुङभित्र अझै फसेकाहरूलाई पनि सकुशल बाहिर निकाल्न सकिने सम्भावना बढेको छ। उद्धार टोलीले जोखिमका बीच खोजी तथा उद्धारलाई तीव्रता दिएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  १ : ३८ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण