स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य  « Khabarhub

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई अनिवार्य रूपमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली लागू गर्न निर्देशन दिएको छ । 

भदौ १७ गते बोर्डले पत्र लेख्दै हाल अधिकांश स्वास्थ्य संस्थाहरूबाट ‘म्यानुअल’ रूपमा दाबी पेस हुँदा दाबी रुजु र मूल्याङ्कन प्रक्रियामा धेरै समय लाग्नुका साथै भुक्तानीमा समेत ढिलाइ भइरहेकाले बोर्डले यो कदम चालेको हो । म्यानुअल प्रक्रियाका कारण गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समेत कठिनाइ उत्पन्न भएको बोर्डको ठहर छ । 

स्वास्थ्य बीमा प्रणालीलाई समय सापेक्ष रूपान्तरण गर्दै दाबी व्यवस्थापन प्रक्रियालाई छिटो, पारदर्शी र डिजिटल माध्यमबाट प्रभावकारी बनाउन बोर्डले यस्तो निर्णय गरेको हो । 

अबदेखि स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने सम्पूर्ण सेवाहरूको दाबी अनिवार्य रूपमा ईएमआर प्रणालीमार्फत नै पेस गर्नुपर्ने व्यवस्था मिलाउन बोर्डले अनुरोध गरेको छ । 

यसका साथै, स्वास्थ्य संस्थाहरूमा हाल सञ्चालनमा रहेका अस्पताल सफ्टवेयर, प्रयोगमा रहेका मोड्युलहरू र आगामी दिनमा ईएमआर प्रणाली विस्तारका लागि तय गरिएका योजनाहरूको जानकारी समेत बोर्डलाई उपलब्ध गराउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  २ : १५ बजे

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ

भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली

सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतहरु स्टिभ विटकफ र ज्यारेठ कुश्नरले रुसको भ्रमण गर्ने

काठमाडौं- युक्रेनमा जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहलले तीव्रता पाएको