फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ? « Khabarhub

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को पहिलो दिनको बुकिङ कमजोर देखिएको छ ।

अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएको र नेपालकै प्रिमियरमा पनि प्रशंसा पाएको यस फिल्मको पहिलो दिनको बुकिङ र व्यापार कमजोर देखिएको हो ।

यो फिल्मले कान्स फिल्म फेस्भिटलमा अवार्ड जितेको थियो ।

ओस्करका लागि नेपालको प्रतिनिधित्व गराउन यो फिल्मको प्रदर्शन गरिएको निर्माण पक्षले बताएको छ ।

कस्तो होला व्यापार ?

प्रतिष्ठित फेस्टिभल पुगेर नाम कमाएका फिल्म हेर्न दर्शकहरू उत्साहित हुनुपर्ने हो । तर, नेपालमा ती फिल्महरूले दर्शक नै तान्न सकिरहेका छैनन् ।

फेस्टिभलमा नाम कमाउने फिल्महरू नेपालमा व्यवसायिक प्रदर्शनमा असफल हुन्छन् ।

यसले प्रश्न उठाउँदै आएको छ, ‘घरेलु दर्शक तान्न नसक्ने फिल्महरूले फेस्टिभलमा कसरी चर्चा पाइरहेका छन् ?’

विगतमा मिन भामको ‘शाम्बाला’, दीपक रौनियारको ‘राजागञ्ज’ र ‘सेतो सूर्य’ यसका उदाहरण हुन् । त्यस्तै, ‘भूठान’ र ‘द रेड सुटकेस’ लगायतका फिल्म पनि यो सूचीमा छन् ।

फेस्टिभलमा चर्चा र घरेलु बजारमा ठूलो संख्यामा दर्शक आकर्षित गर्न सेकेको फिल्म ‘गाउँ आएको बाटो’ हो । यो फिल्म भने अपवादका रुपमा उभिएको छ ।

‘तिनीहरू : एलिफेन्ट इन द फग’को पहिलो दिनको व्यापार र बुकिङ पनि उत्साहजनक छैन । लगातारका सार्वजनिक बिदाका कारण यो फिल्मलाई ठूलो संख्यामा दर्शकलाई हलमा तान्ने अवसर भने छ ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ५ : ४४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा