बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर « Khabarhub

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर नारायणी नदी किनारमा पुर्‍याएको छ । 

बाढीले बगाएर ल्याएका मृत पशु नारायणी नदी किनारमा छरपस्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो ।
 
महानगरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कृष्णहरि ढकालका अनुसार भदौ १५ गतेदेखि नारायणी नदीमा भेटिएका मृत पशुको व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरिएको हो । 

दैनिक जेसिबी र ट्याक्टरसहित महानगर प्रहरीको टोली यो कार्यमा खटिँदै आएको उनले बताए । 

उनले भने, ‘धेरै मात्रामा भैँसी र गाई भेटिएका छन् । त्यसका साथै सुँगुर र बङ्गुर पनि भेटिएका छन् । नदी किनारका बस्तीमा दुर्गन्ध फैलिन थालेकाले व्यवस्थापन गर्न आवश्यक देखेपछि काम थालेका हौँ ।’

प्रहरी नायब उपरीक्षक ढकालका अनुसार भरतपुर महानगरपालिका-१ देवघाट (ठिमुरा) बाट गोलाघाटसम्म बस्ती नजिक भेटिएका मृत पशुलाई बस्तीभन्दा केही टाढा लगेर व्यवस्थापन गरिँदै छ । 

बस्ती नभएको स्थानमा भेटिएका मृत पशुलाई भने पशु प्राविधिकको समन्वयमा सोही स्थानमा गाड्ने गरिएको उनले जानकारी दिए । 

हाल दैनिक पाँचदेखि सात वटासम्म मृत पशुको व्यवस्थापन भइरहेको छ । 

मृत पशुको व्यवस्थापनका लागि महानगर प्रहरीसँगै महानगरपालिकाका भेटेरिनरी प्राविधिकसमेत खटिएका छन् । 

भदौ १० गतेदेखि महानगर प्रहरीको टोली बाढीमा बेपत्ता भएका मानिसको शव खोजी तथा व्यवस्थापनमा पनि खटिएको छ । 

अहिले मानिससँगै बगेका मृत पशुचौपायाको व्यवस्थापनमा टोली निरन्तर लागि रहेको प्रमुख ढकालले बताए ।
 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ४ : ५८ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण