१४ सहसचिव र ९ उपसचिवको सरुवा « Khabarhub

१४ सहसचिव र ९ उपसचिवको सरुवा


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दोलखा र पर्वतसहितका विभिन्न जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी समेत फेरिएका छन्।

नयाँ निर्णयअनुसार झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाइएको छ भने त्यहाँ कार्यरत शिवराम गेलाललाई मन्त्रालयमा तानिएको छ। त्यसैगरी, महेन्द्रकुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्रकुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दोलखा, गंगाबहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

सहसचिव ऋषिराम तिवारीलाई भने लागूऔषध नियन्त्रण विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने रौतहटका पूर्वसिडिओ दिनेशसागर भुसाल, गोरखाका तुलसीबहादुर श्रेष्ठ र दोलखाका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय तथा मातहतमा फिर्ता बोलाइएको छ।

उपसचिवहरूको सरुवाअनुसार भोजपुरमा कुलेश्वर अर्याल, जाजरकोटमा नवरराज बराल, खोटाङमा महेशकुमार गुरुङ, सल्यानमा बन्दना केसी र म्याग्दीमा गणेश गैरे प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएका छन्। यसैगरी, अमरबहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी र बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ६ : ४६ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा