भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी « Khabarhub

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेनाका ७५, सशस्त्र प्रहरीको १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले आज सो सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको थियो ।

उनीहरूको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ । खोज तथा उद्धारका क्रममा उक्त स्थानबाट एक शव निकालिएको र थप खोज तथा उद्धार कार्य जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यस्तै त्रिशूली–३ ‘बी’मा सेनाको ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो खन्ने तथा माटो पन्छाउने काम भइरहेको छ ।

सो आयोजनाको अडिट–१ बाट उद्धार टोली ४२६ मिटरभित्र प्रवेश गरेको छ । अडिट–१ बाट एक्साभेटर छिराउन अपरेटरसहित ३ ‘ए’सँग लिङ्कअप गराउने काम भइरहेको सेनाले जनाएको छ । लाङटाङ हाइड्रोमा सेनाका २५ तथा दुई जना गैरसैनिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी दुईवटा शव फेलापारेको छ ।

सो क्षेत्रमा खोज तथा उद्धार जारी छ । चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र पम्पको सहायताले लेदो फाल्ने काम गरिरहेको छ । माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा १७ सैनिक र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ‘र्‍याफ्ट’ र ‘बोट’ को समेत प्रयोग गरी खोजी गरिरहेको छ ।

टनेलमा रहेको पानी फाल्ने काम भइरहेको छ । देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि सेनाको इन्जिनियरिङ फौजबाट ५५ जना टोली खटिइ बेस निर्माण गरिरहेको छ ।

सो स्थानमा जडान गर्नका लागि गजुरीमा रहेको ‘एक्रो ब्रिज’का केही भाग त्रिशूली पुर्‍याइएको र थप सामग्री ढुवानी गर्ने क्रममा रहेको सेनाले जनाएको छ । प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्ती इलाकामा चिकित्सकसहित आवश्यक उद्धार टोलीले पैदल गस्ती गरिरहेको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा बढी फौज घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन एवं आपत्कालीन उपचारमा क्रियाशील रहेका छन् । यसैबीच, सात सैनिक र छ गैरसैनिक हेलिकप्टरमार्फत आज प्रभावित इलाकाबाट २९ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ७ : ११ बजे

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन