रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि « Khabarhub

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन भएको पुष्टि भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परी मृत्यु भएका १२ सय ९४ जनाको शव प्राप्त भएको जनाएको हो । 

बाढीमा परि ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् । 

उनले रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४,६२७ जना व्यक्तिहरू आश्रयमा रहेको जानकारी दिइन् । बाढीका कारण ७,५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र प्रत्यक्ष रूपमा ३२,९३३ जनसंख्या प्रभावित भएको प्रारम्भिक आंकलन रहेको उनले बताइन् । 

त्यस्तै बाढीका कारण ४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्था प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्रवक्ता महतले बाढीका कारण ५५ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको जानकारी दिइन् । 

त्यस्तै १,८०६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा ७,६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने आकलन गरिएको प्राधिकरणले जानकारी दिएको छ । 

बाढीका कारण ३ जलविद्युत आयोजना, १ सोलार प्लान्ट र २ वटा प्रसारण लाइनमा क्षति हुँदा ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको समेत प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ७ : १३ बजे

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६