‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’ « Khabarhub

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति सूचना प्रकाशित गरी तत्काल बाढी आउने सम्भावना नदेखिएको जनाएको हो। चिनियाँ समकक्षी निकायहरूले उपलब्ध गराएको सूचनाअनुसार, बाढीको सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ।

‘यस केन्द्र चिनियाँ समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गरिरहेको छ,’ महाशाखाले भनको छ, ‘हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना देखिएको छैन।’

चीनको जलस्रोत मन्त्रालयअन्तर्गतको चाइना मेटियोरोलोजिकल एडमिनिस्ट्रेसनले नेपालको जल तथा मौसम विज्ञान विभागलाई हिमतालको जोखिमसँगै मौसम सम्बन्धी जानकारी दिँदै आएको छ।

त्यसका आधारमा महाशाखाले तत्काल ठूलो बाढी नआउने जनाएको हो। अहिले हल्लाको पछि लागेर नआत्तिन पनि महाशाखाले अनुरोध गरेको छ।

‘पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआत्तिनुहुन तथा संयमित रहनुहुन अनुरोध गर्दछौँ,’ महाशाखाले भनेको छ, ‘साथै, बाढीको सम्भावना देखिएमा यस केन्द्रबाट एसएमएस मार्फत पूर्वसूचना सम्प्रेषण गरिनेछ।’

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ९ : ४० बजे

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६