माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव « Khabarhub

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि सुरुङमा हराइरहेकाहरूको खोजी जारी रह्यो।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार, खोजीका क्रममा ६ जनाको शव फेला परेको छ। सल्लेटार क्षेत्रमा भेटिएका शवलाई नेपाली सेनाले बट्टार ल्याएको छ।

शव चिन्न नसक्ने अवस्थामा रहेका छन्। शवको पहिचान खुल्न बाँकी छ।

शुक्रबार दिनभर हेडवर्क्स र सुरुङ क्षेत्रमा खोजी कार्य गरिएको थियो। उद्धारका लागि कोरियाली, शेर्पा, सर्च, ड्रोन टिम सक्रिय भएको छ भने विशेष क्यामेरा र तालिम प्राप्त कुकुर पनि सो क्षेत्रमा लगिएको छ।

उद्धारका लागि कम्पनीले १५ वटा विभिन्न उद्धार गर्ने मेशिन तथा उपकरण पुर्‍याइएको जनाएको छ। शनिबार आयोजना स्थलमा उद्धारलाई तीव्रता दिने कम्पनीले जनाएको छ।

सुरुङमा शुक्रबार वाटर पम्पको कार्य जारी राखिएको छ। बाढी आउनुअघि आयोजनास्थलमा कूल एक हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७६ जनाको उद्धार गरिएको छ।

शुक्रबार नै प्रवर्द्धक कम्पनी तथा निर्माण कम्पनीहरू डोसान र पावर चाइनाको व्यवस्थापन टोलीले गृह सचिव केदारनाथ शर्मासँग भेट गरी उद्धारको अवस्थाको जानकारी गराएको छ।

साथै, उद्धारका लागि आवश्यक थप उपकरण र मेशिनहरू लानका लागि सहजीकरण गर्न आग्रह गरेको छ। गृह सचिव शर्माले उपकरणहरू तुरुन्तै पठाउने जनाएका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  १० : १५ बजे

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका