यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित « Khabarhub

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति भएको समूह सी को खेलमा स्पेनले चेकियालाई ३–१ गोलले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

स्पेनका लागि लामिन यमाल, रोड्री र मिकेल मेरिनोले एक–एक गोल गरेका थिए । चेकियाका जिरी स्लामाले एक गोल फर्काएका थिए ।

खेलको छैटौँ मिनेटमा यमालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ३५औँ मिनेटमा रोड्रीले गोल गरेपछि स्पेनले २–० गोलको अग्रता लियो ।

त्यसपछि ६९ औँ मिनेट चेकियाका जिरीले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । तर ८९ औँ मिनेटमा मिकेलले गोल गरेसँगै स्पेन ३–१ गोलले विजयी भयो ।

यो जितसँगै स्पेन ९ अंकसहित समूहको शीर्षस्थानमा यथावत रहेको छ भने पराजित भएको चेकिया अन्तिममा छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ८ : ०३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका