एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’ « Khabarhub

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध टुंगिए पनि उनीहरूलाई जोडेर आउने चर्चा भने अझै रोकिएको छैन । 

पछिल्लो समय एलिनाको लुगा पसल रहेको घर विष्णुले किनेको र उनलाई त्यहाँबाट पसल सार्न बाध्य बनाएको भन्ने खबर सामाजिक सञ्जालमा फैलिएपछि विष्णुले त्यसको खण्डन गरेका छन्।

विष्णुले सामाजिक सञ्जालमार्फत यस्तो प्रचारप्रति आपत्ति जनाउँदै आफूले घर किनेको कुरा समेत समाचार पढेर मात्र थाहा पाएको व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । उनले आफू यति धनी नभइसकेको भन्दै आफूलाई जोडेर फैलाइएको उक्त दाबीप्रति कटाक्ष गरेका हुन् ।

पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न किसिमका सामग्री सार्वजनिक भइरहेको भन्दै विष्णुले यसलाई संयोग मात्र मान्न नसकिने संकेत गरेका छन् ।

आफ्नो नाम प्रयोग गरेर कन्टेन्टको ‘रिच’ र आम्दानी बढाउने प्रयास भइरहेको उनको आरोप छ । उनले व्यङ्ग्य गर्दै प्रश्न गरेका छन्- गीत चलाउन होस् वा कसैको व्यक्तिगत जीवन र व्यवसायबारे चर्चा गराउन, बजारमा आफ्नो नाम नै आवश्यक परेको हो ?

सम्बन्ध समाप्त भइसकेपछि पनि हरेक विषयमा आफूलाई जोडेर विवाद सिर्जना नगर्न उनले आग्रह गरेका छन् । आफू कसैको कुभलो चिताएर बस्ने अवस्थामा नरहेको भन्दै सकिएको विषयलाई पटक–पटक कोट्याउनुको अर्थ नभएको उनको भनाइ छ ।

विष्णुले सामाजिक सञ्जालमा देखिएको हरेक कुरा वास्तविक नहुने भन्दै अफवाहको पछि नलाग्न पनि आग्रह गरेका छन् । बिनाआधारका आरोप र हतारमा गरिने निष्कर्षले सम्बन्धित व्यक्तिको व्यक्तिगत जीवनसँगै मानसिक स्वास्थ्य र समाजमा समेत नकारात्मक असर पार्न सक्ने उनको चेतावनी छ ।

उनका अनुसार आलोचना स्वीकार्य छ, तर सत्य नबुझी गरिने चरित्रहत्या स्वीकार्य छैन। पछिल्लो हल्लामाथि उनको यो स्पष्टीकरणले एलिना–विष्णुको सम्बन्धबारे चलिरहेको चर्चालाई फेरि एकपटक सामाजिक सञ्जालको बहसमा ल्याएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १ : ४३ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी