किसानका घरआँगनमा कृषिमन्त्री चौधरी « Khabarhub

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न भागको भ्रमण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएकी छन् । 

मन्त्री चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र, कृषि उत्पादन, मलखाद, सिँचाइ, विद्युतीकरण, कृषिसडक, बिमा तथा बजारबारे सम्बन्धित कार्यालयका अधिकारी र किसानसँग प्रत्यक्ष छलफल गरी जानकारी लिएकी हुन् । 

उनले आज मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाको कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिइन् । सम्मरीमाई–६ स्थित कृषि उपज सामग्री सङ्कलन केन्द्र, मर्चवारीमाई–१ मा ५० बिघामा गरिएको केराखेती र कोटहीमाई–५ स्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाबारे जानकारी लिइन् । 

मन्त्री चौधरीलाई किसानले हालै जिल्लाका विभिन्न भागमा हुरीले बालीमा पुर्‍याएको क्षतिबारे जानकारी दिँदै आफ्ना उत्पादनको उचित मूल्य नपाएको, केराको बजारीकरणमा समस्या भएको तथा कृषि बिमाको दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए ।

मन्त्री चौधरीले कृषि क्षेत्रको विकासका लागि वर्तमान सरकार, स्थानीय तह, कृषक र सरोकार भएका निकायबीच सहकार्य आवश्यक भएको बताउँदै आफ्ना तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरिन् । 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १ : ४३ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि