किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी « Khabarhub

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी दिँदै विदेशी कूटनीतिज्ञ र विदेशी नागरिकहरूलाई तत्काल सहर छोड्न र युक्रेन भ्रमण नगर्न पुनः आह्वान गरेको छ । 

रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्ना अघिल्ला चेतावनीहरू सबैले नसुनेकोमा चिन्ता व्यक्त गरेको छ र मानिसहरू जानीजानी आफ्नो ज्यान जोखिममा पारिरहेको दाबी गरेको छ । 

साथै, यी चेतावनी बेवास्ता गर्नेहरूमाथि आइपर्ने जुनसुकै नकारात्मक परिणामको सम्पूर्ण जिम्मेवारी उनीहरू स्वयंको हुने रुसको भनाइ छ ।

रुसले यसअघि मे महिनामा पनि यस्तै चेतावनी जारी गरेको थियो, तर युक्रेनका सहयोगी राष्ट्रका प्रमुखहरूले सो चेतावनीको बेवास्ता गर्दै ऐक्यबद्धता जनाउन किभको भ्रमण जारी राखेका थिए । 

पछिल्ला महिनाहरूमा किभमा हवाई आक्रमण तीव्र बनेको छ । किभका मेयर भिताली क्लित्स्कोले सहर ‘अत्यन्तै नाटकीय स्थिति’मा रहेको र अब युद्धकालीन अवस्थामा रहनुपर्ने बताएका छन् । रुसी सेनाले पुल तथा ऊर्जा पूर्वाधारहरूमा प्रहार गरेर किभलाई क्षतविक्षत पारिरहेको उनले बताए ।

यसैबिच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि नागरिक क्षेत्रहरूमा भीषण आक्रमणको अनुमति दिएर सशस्त्र द्वन्द्वका नियमहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्, यद्यपि क्रेमलिनले सो आरोपलाई अस्वीकार गरेको छ।

लगातारको हवाई आक्रमण र चेतावनी साइरनहरूका कारण किभका करिब ३० लाख बासिन्दाको दैनिक जीवन नराम्ररी प्रभावित भएको छ । 

दिनभरजसो बज्ने साइरनका कारण नागरिकहरू सुरक्षित आश्रयस्थल (शेल्टर) मा शरण लिन बाध्य छन् । मुख्य सडकहरूमा बस र कारहरूको लामो लाइन लागेर ट्राफिक जाम भएपछि धेरै यात्रुहरू पैदल नै यात्रा गर्न बाध्य भएका छन् ।

त्यस्तै, देशका पूर्वी, उत्तरी र मध्य भागहरूमा भएका आक्रमणका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । जाडो याम सुरु भएसँगै ऊर्जाको माग बढे पनि विद्युत् ग्रिड अपरेटर ‘उक्रेनर्गो’ले उपभोक्ताहरूलाई विद्युत् खपत नियन्त्रण गर्न अपिल गरेको छ ।

गत वर्ष तापक्रम माइनस २० डिग्री सेल्सियससम्म जाँदा दिनौंसम्म बिजुली र तातो पानी ठप्प भएकाले युक्रेन अर्को कठिन हिउँदको सामना गर्ने तयारीमा छ । फेब्रुअरी २०२२ मा रुसको पूर्णकालीन आक्रमणबाट सुरु भएको यो युद्ध दोस्रो विश्वयुद्धपछिकै युरोपको सबैभन्दा रक्तपातपूर्ण सङ्घर्ष बनेको छ । 

युक्रेनले पछिल्ला महिनाहरूमा युद्धको अग्रभाग (फ्रन्टलाइन) स्थिर राखे जस्तो देखिए पनि इरानमा अमेरिका-इजरायल युद्ध सुरु भएयता युक्रेनको हवाई रक्षा प्रणालीको मौज्दात घट्दै गएकाले सहरहरू रुसी प्रहारको उच्च जोखिममा परेका छन् ।

अर्कोतर्फ, रुसी सेनाले पूर्ण नियन्त्रणमा लिन नसकेका पूर्वी भूभागहरू समेत युक्रेनले छाड्नुपर्ने मस्कोको अडानका कारण अमेरिकाको मध्यस्थतामा भइरहेका शान्ति प्रयासहरू पूर्ण रूपमा ठप्प भएका छन् । (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १ : ४९ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि