आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ « Khabarhub

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कांग्रेसको प्रशंसा गरेपछि कार्यकर्ताहरुले हुटिङ गरेका छन् । महासचिव राईले नेपाली कांग्रेस हल्लाबाट स्थापित भएको पार्टी नभएर लोकतन्त्र र देशको लागि लाखौं योद्धाहरुले बलिदान र ज्यान दिएको पार्टी भएको बताएका थिए ।

‘कांग्रेस हल्लाबाट स्थापित पार्टी होइन । नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका निम्ति थुप्रै योद्धाहरुले बलिदान र त्याग गरेको पार्टी हो । नेपाली कांग्रेसका थुप्रै साथीहरुले आफ्नो योगदान र बलिदानबाट उभ्याएको पार्टी हो । कांग्रेस बनाउनका लागि धेरै जना नेताहरूले आफ्नो सपना त्याग्नुभएको छ ।’ उनले भनेका थिए ।

उनले यति भनेपछि धेरै कार्यकर्ताले आरेन राईको भनाइमा समर्थन जनाउँदै हुटिङ गरेका हुन् । राईले प्रजातन्त्र र लोकतन्त्र ल्याउनका लागि कांग्रेसले ठूलो त्याग र बलिदान गरेको समेत बताएका छन् ।

उनले आगामी दिनहरूमा राष्ट्र निर्माण गर्नका लागि आफ्नो साथ रहने समेत जानकारी गराएका छन् । महासचिव राईले कांग्रेसको महाधिवेशनमा सबैभन्दा कान्छो पार्टी श्रम संस्कृतिलाई निमन्त्रणा गरेकोमा धन्यवाद समेत दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ०९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४