आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ « Khabarhub

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कांग्रेसको प्रशंसा गरेपछि कार्यकर्ताहरुले हुटिङ गरेका छन् । महासचिव राईले नेपाली कांग्रेस हल्लाबाट स्थापित भएको पार्टी नभएर लोकतन्त्र र देशको लागि लाखौं योद्धाहरुले बलिदान र ज्यान दिएको पार्टी भएको बताएका थिए ।

‘कांग्रेस हल्लाबाट स्थापित पार्टी होइन । नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका निम्ति थुप्रै योद्धाहरुले बलिदान र त्याग गरेको पार्टी हो । नेपाली कांग्रेसका थुप्रै साथीहरुले आफ्नो योगदान र बलिदानबाट उभ्याएको पार्टी हो । कांग्रेस बनाउनका लागि धेरै जना नेताहरूले आफ्नो सपना त्याग्नुभएको छ ।’ उनले भनेका थिए ।

उनले यति भनेपछि धेरै कार्यकर्ताले आरेन राईको भनाइमा समर्थन जनाउँदै हुटिङ गरेका हुन् । राईले प्रजातन्त्र र लोकतन्त्र ल्याउनका लागि कांग्रेसले ठूलो त्याग र बलिदान गरेको समेत बताएका छन् ।

उनले आगामी दिनहरूमा राष्ट्र निर्माण गर्नका लागि आफ्नो साथ रहने समेत जानकारी गराएका छन् । महासचिव राईले कांग्रेसको महाधिवेशनमा सबैभन्दा कान्छो पार्टी श्रम संस्कृतिलाई निमन्त्रणा गरेकोमा धन्यवाद समेत दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ०९ बजे

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ

कांग्रेस अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब थप दृढता