कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा हुने र नसर्नेमा ढुक्क हुन आग्रह गरेका छन्।
दशौँ खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले प्रतियोगिता आयोजनाबारे कुनै पनि दुविधा नराख्न स्पष्ट पारेका हुन्। उनले खेलकुदको उत्सव औपचारिक रूपमा सुरु भइसकेको र खेल प्रतियोगिता भने आगामी मंसिर १६ गतेदेखि सञ्चालन हुने जानकारी दिए।
“दशौँ राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला,” मन्त्री पोखरेलले भने, “यसको उत्सव आजैबाट सुरु भइसक्यो, प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हुने हो।”
मन्त्री पोखरेलले अघिल्ला संस्करणहरूभन्दा यस पटकको प्रतियोगिता अझ प्रभावकारी र भव्य रूपमा सञ्चालन गरिने विश्वास व्यक्त गरे। प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न तीनवटै तहका सरकार, सरोकारवाला निकाय र खेलप्रेमीहरूको एकीकृत प्रयास आवश्यक रहेको उनको भनाइ थियो।














प्रतिक्रिया