आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई « Khabarhub

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी १० देखि २० वर्षभित्र मुलुकलाई कहाँ पुर्‍याउने भन्ने स्पष्ट दीर्घकालीन योजना अहिल्यै बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार काठमाडौँको खुलामञ्चमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले देश निर्माणको साझा लक्ष्य र योजनामा सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए।

“हामी आगामी १०–२० वर्षमा देशलाई कहाँ पुर्‍याउने भनेर अहिल्यै योजना बनाऔँ र सबै पार्टीहरू मिलेर लागौँ,” उनले भने, “त्यसो भएन भने हामी यस्तै महाधिवेशन र समारोहमा आउने, एकअर्काको गुनगान गाउने र फर्कने परिपाटी मात्र दोहोरिरहन्छ।”

सम्बोधनका क्रममा डा. भट्टराईले कांग्रेसभित्र नयाँ पुस्ताले हिम्मत गरेर नेतृत्व र रूपान्तरणको पहल बढाएको भन्दै प्रशंसासमेत गरे। नयाँ पुस्ताले अघि सारेको हिम्मत र सोचले मुलुकको राजनीतिमा सकारात्मक सन्देश दिएको उनको भनाइ थियो।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ४८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४