आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई « Khabarhub

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी १० देखि २० वर्षभित्र मुलुकलाई कहाँ पुर्‍याउने भन्ने स्पष्ट दीर्घकालीन योजना अहिल्यै बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार काठमाडौँको खुलामञ्चमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले देश निर्माणको साझा लक्ष्य र योजनामा सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए।

“हामी आगामी १०–२० वर्षमा देशलाई कहाँ पुर्‍याउने भनेर अहिल्यै योजना बनाऔँ र सबै पार्टीहरू मिलेर लागौँ,” उनले भने, “त्यसो भएन भने हामी यस्तै महाधिवेशन र समारोहमा आउने, एकअर्काको गुनगान गाउने र फर्कने परिपाटी मात्र दोहोरिरहन्छ।”

सम्बोधनका क्रममा डा. भट्टराईले कांग्रेसभित्र नयाँ पुस्ताले हिम्मत गरेर नेतृत्व र रूपान्तरणको पहल बढाएको भन्दै प्रशंसासमेत गरे। नयाँ पुस्ताले अघि सारेको हिम्मत र सोचले मुलुकको राजनीतिमा सकारात्मक सन्देश दिएको उनको भनाइ थियो।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ४८ बजे

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा