लोकतन्त्रको भविष्यप्रति एमाले महासचिवको चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’ « Khabarhub

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिवको चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति गम्भीर चिन्ता बढेको बताउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनताबाट विश्वास पाएका प्रधानमन्त्रीले न संसद्का कुरा सुन्ने गरेको, न त जनताका आवाज नै सुन्ने गरेको आरोप लगाए।

“लोकतन्त्रको भविष्यप्रति चिन्ता छ। जनताले विश्वास गरेको प्रधानमन्त्री संसद्लाई सुन्नुहुन्न, जनतालाई सुन्नुहुन्न,” उनले प्रश्न गर्दै भने, “हामी जनताको शासनमा हिँड्दै छौँ कि अधिनायकको बाटोमा हिँडेका छौँ?”

सम्बोधनका क्रममा उनले लोकतान्त्रिक मूल्य-मान्यता र संसदीय प्रणालीको मर्यादा जोगाउन प्रमुख राजनीतिक दलहरू गम्भीर र जिम्मेवार हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ५६ बजे

सरकार ढल्छ भन्ने मान्छे ढल्ला, सरकार ढल्दैन : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नढल्ने बरु

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली