लोकतन्त्रको भविष्यप्रति एमाले महासचिवको चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’ « Khabarhub

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिवको चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति गम्भीर चिन्ता बढेको बताउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनताबाट विश्वास पाएका प्रधानमन्त्रीले न संसद्का कुरा सुन्ने गरेको, न त जनताका आवाज नै सुन्ने गरेको आरोप लगाए।

“लोकतन्त्रको भविष्यप्रति चिन्ता छ। जनताले विश्वास गरेको प्रधानमन्त्री संसद्लाई सुन्नुहुन्न, जनतालाई सुन्नुहुन्न,” उनले प्रश्न गर्दै भने, “हामी जनताको शासनमा हिँड्दै छौँ कि अधिनायकको बाटोमा हिँडेका छौँ?”

सम्बोधनका क्रममा उनले लोकतान्त्रिक मूल्य-मान्यता र संसदीय प्रणालीको मर्यादा जोगाउन प्रमुख राजनीतिक दलहरू गम्भीर र जिम्मेवार हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ५६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४