हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ : बाबुराम « Khabarhub

हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ : बाबुराम


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुको पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको महाधिवेशनमा पुगेर अर्थ राजनीतिको गहिलो विश्लेषण गरेका भट्टराईले नयाँ पुस्ताको आवाजलाई उठाउन नसकेकै कारण नेपालमा गतवर्ष जेन-जी आन्दोलन भएको बताए ।

उनले राजनीतिक विश्लेषण गर्दै प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीमा जानुपर्ने नत्र भए राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटकको निर्वाचनमा ल्याएको जस्तो बहुमत अर्को पटक नआउने उल्लेख गरे ।

‘पुराना चुनौतीहरू कांग्रेसले सामना गर्दै आएको छ । अब एक्काइसौँ शताब्दीका नयाँ चुनौतीहरू पनि सामना गरोस् । हाम्रै कारणले गर्दा गतवर्ष जेन-जी आन्दोलन भयो । किन हामीले हाम्रा छोराछोरीलाई सपना र विश्वास दिलाउन सकेनौं ? १० वर्षको समय पर्याप्त थिएन होला । तर अहिले पनि तपाईँहरूसँग समय छ ।’ भट्टराईले भने ।

छोटो समयमै मलेसिया, कोरिया, चीन र अरु देशहरू विकासित भएको भन्दै उनले हामीले पनि अबको १० वर्षमा त्यहाँ कसरी पुग्ने भन्ने योजना बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ५८ बजे

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल