हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ : बाबुराम « Khabarhub

हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ : बाबुराम


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुको पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको महाधिवेशनमा पुगेर अर्थ राजनीतिको गहिलो विश्लेषण गरेका भट्टराईले नयाँ पुस्ताको आवाजलाई उठाउन नसकेकै कारण नेपालमा गतवर्ष जेन-जी आन्दोलन भएको बताए ।

उनले राजनीतिक विश्लेषण गर्दै प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीमा जानुपर्ने नत्र भए राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटकको निर्वाचनमा ल्याएको जस्तो बहुमत अर्को पटक नआउने उल्लेख गरे ।

‘पुराना चुनौतीहरू कांग्रेसले सामना गर्दै आएको छ । अब एक्काइसौँ शताब्दीका नयाँ चुनौतीहरू पनि सामना गरोस् । हाम्रै कारणले गर्दा गतवर्ष जेन-जी आन्दोलन भयो । किन हामीले हाम्रा छोराछोरीलाई सपना र विश्वास दिलाउन सकेनौं ? १० वर्षको समय पर्याप्त थिएन होला । तर अहिले पनि तपाईँहरूसँग समय छ ।’ भट्टराईले भने ।

छोटो समयमै मलेसिया, कोरिया, चीन र अरु देशहरू विकासित भएको भन्दै उनले हामीले पनि अबको १० वर्षमा त्यहाँ कसरी पुग्ने भन्ने योजना बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ५८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४