काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूलाई एक ठाउँमा ल्याउन खोज्ने तर, सरकारले नखोज्ने गरेको बताए ।
आइतबार नेपाली कांग्रेशको १५औँ महाधिवेशनमा शुभकामना राख्दै उनले सरकारले संसद र नागरिकसँग पनि संवाद नगरेको बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ तर, सरकार दलहरूसँग संवाद गर्दैन’, उनले भने, ‘सरकार संसदसँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन ।’
उनले यस्तो अवस्थामा भविष्यमा आउनसक्ने प्राकृतिक विपद्को कसरी सामना गर्ने भन्ने विषयमा चिन्ता भएको बताए । साथै, उनले प्रधानमन्त्रीले आफ्नै संसदीय दललाई समेत नचिनेको अवस्थामा लोकतन्त्रमाथि पनि प्रश्न उठेको बताए ।














प्रतिक्रिया