रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल « Khabarhub

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूलाई एक ठाउँमा ल्याउन खोज्ने तर, सरकारले नखोज्ने गरेको बताए ।

आइतबार नेपाली कांग्रेशको १५औँ महाधिवेशनमा शुभकामना राख्दै उनले सरकारले संसद र नागरिकसँग पनि संवाद नगरेको बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ तर, सरकार दलहरूसँग संवाद गर्दैन’, उनले भने, ‘सरकार संसदसँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन ।’

उनले यस्तो अवस्थामा भविष्यमा आउनसक्ने प्राकृतिक विपद्को कसरी सामना गर्ने भन्ने विषयमा चिन्ता भएको बताए । साथै, उनले प्रधानमन्त्रीले आफ्नै संसदीय दललाई समेत नचिनेको अवस्थामा लोकतन्त्रमाथि पनि प्रश्न उठेको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ०२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४