काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं महाधिवेशनको स्वीकार्य सभापति बन्ने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनमा शुभकामना दिन पुगेका पोखरेले थापालाई १५औं महाधिवेशनको स्वीकार्य सभापति बन्ने विश्वास व्यक्त गरे।
लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि आफूहरूले सँगै यात्रा गरेको स्मरण गर्दै पोखरेलले गगनको प्रशंसा गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउन निरन्तर संवाद गरे पनि सरकारका प्रधानमन्त्री बालेन्द्र शाह चुकेको धारणा राखे ।
‘जलवायु परिवर्तनको विषयमा हामीले गम्भीर छलफल र बहस गर्नु जरुरी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै राजनीतिक दललाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ तर सरकार एक ठाउँमा ल्याउन चुकिरहेको छ । सरकार राजनीतिक दल र नागरिकसँग संवाद गर्दैन । चिन्ता संवादमा मात्रै होइन लोकतन्त्रको भविष्यमाथि पनि चिन्ता उत्पन्न भएको छ ।’ महासचिव पोखरेलले भने ।














प्रतिक्रिया