महाधिवेशन यात्राको सुरुवात हो, अब ऊर्जाशील कांग्रेस लिएर अघि बढ्छौँ : विश्वप्रकाश शर्मा « Khabarhub

महाधिवेशन यात्राको सुरुवात हो, अब ऊर्जाशील कांग्रेस लिएर अघि बढ्छौँ : विश्वप्रकाश शर्मा


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जारी १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताउँदै महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावना समेटेर अगाडि आउने दाबी गरेका छन्।

काठमाडौँको खुलामञ्चमा आयोजित महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति शर्माले बीपी कोइरालाको नेतृत्वमा स्थापित ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनसहित मुलुकका हरेक सङ्कटमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेपछि कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको स्पष्ट पार्दै शर्माले राष्ट्रिय हित र विकासका मुद्दामा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताए। “मुलुकलाई सफल बनाउन र राष्ट्रिय हितका महत्त्वपूर्ण विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ,” उनले भने।

सम्बोधनका क्रममा शर्माले जलवायु परिवर्तनका असर, मधेस आन्दोलन र जेनेजी पुस्ताका मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए। साथै, विदेशमा रहेका नेपालीसँग जोडिएका नागरिकता र लगानीका सवाल समाधान गर्नुपर्ने बताए।

“नेपाल दुई वटा छ– नेपालबाहिरको र नेपालभित्रको नेपाल। यी दुवै नेपाललाई जोड्नुपर्छ,” शर्माले भने, “विदेशमा रहेका नेपालीको लगानी र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस तयार छ।”

विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उपसभापति शर्माले अग्रज, सहिद परिवार र ठूलो सङ्ख्याका युवा प्रतिनिधिको सहभागिताले पार्टीमा नयाँ ऊर्जा थपेको बताए।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : २८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४