कांग्रेस अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ : उपसभापति शर्मा « Khabarhub

कांग्रेस अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ : उपसभापति शर्मा


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका छन् ।

आइतबारबाट काठमाडौंमा सुरु पार्टीको १५ औं महाधिवेशन उद्घाटन समारोहमा उपसभापति शर्माले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर नयाँ भिजन र धारणाका साथ अगाडि बढेको बताए । उनले महाधिवेशनपछि थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका छन् ।

उनले बी.पी. कोइरालाले स्थापना गरेको पार्टीलाई पुराना अग्रजहरूको सम्मान गर्दै नयाँ पुस्ताले सबल ढङ्गले हाँकिरहेको र देशको मुहार उज्यालो बनाउन योगदान पुर्‍याउने प्रतिबद्धता जनाए ।

साथै उनले संविधान संशोधन केवल संसद्को गणितको विषय मात्र नभई यसमा सबैको अपनत्व र भावना जोडिनुपर्ने बताए । संशोधन प्रक्रियामा हाल संसदमा नरहेका तर विगतमा संविधान सभामा रहेका दलहरूलाई पनि समेटेर अगाडि बढ्न सरकारलाई उहाले आग्रह गरे ।

उनले जेन–जी आन्दोलन, मधेस आन्दोलन, ६२/६३ को आन्दोलन, थारूहट आन्दोलनका साथै दलित, जनजाति र कर्णालीका भूगोलले उठाएका समावेशी अधिकारहरूलाई कुनै आँच नपुर्‍याई संशोधन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ३० बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त