भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो « Khabarhub

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ । अस्पतालप्रति नागरिकको बढ्दो विश्वास र प्रसूति गराउन स्वास्थ्य संस्था नै पुग्नुपर्छ भन्ने चेतनाका कारण भेरी अस्पतालमा प्रसूति गराउनेको सङ्ख्या बढ्दै गएको हो । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालले छ हजार ५ सय ९७ जनालाई सुत्केरी सेवा प्रदान गरेको छ । 

आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ६ सय ८ जनाले यो सेवा लिएका थिए । आर्थिक वर्ष २०८२/८३ मा कूल प्रसूति सङ्ख्यामध्ये चार हजार १ सय ४५ जनाले सामान्य तरिकाले बच्चा जन्माएका छन् । 

जटिल अवस्थाका लागि प्रयोग गरिने भ्याकुम तथा फोर्सेप प्रविधिबाट २ सय ५ र जटिल वा जोखिमयुक्त अवस्थामा शल्यक्रियामार्फत दुई हजार २४७ जनाको प्रसूति गराइएको छ । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष शल्यक्रियामार्फत हुने प्रसूतिका घटना  उल्लेखनीय रूपमा वृद्धि भएको अस्पतालका प्रमुख डा दर्नालले बताए । 

‘भेरी अस्पताल पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दूरदराजबाट अन्तिम अवस्थामा रेफर भएर आउने प्रमुख थलो हो’, उनले भने, ‘प्रसूतिका दौरान हुनसक्ने जोखिम कम गर्न दक्ष जनशक्ति, आधुनिक प्रसूति उपकरण, प्रभावकारी एनआइसीयु र आकस्मिक सेवा प्रणालीलाई अझ बढी सुदृढ र प्रविधिमैत्री बनाउँदै लगिएको छ ।’

अहिले गाउँघरका स्वास्थ्य चौकी वा निजी क्लिनिकमा लामो समय प्रयास गरेर जटिल बनेपछि मात्र भेरीमा पुर्याउने परम्पराले उपचारमा कठिनाइ हुने गरेको उनको भनाइ छ ।
 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ३३ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा