पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने « Khabarhub

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको इतिहास उसको सबैभन्दा ठूलो शक्ति हुनुका साथै प्रमुख कमजोरी पनि भएको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौँको खुलामञ्चमा सम्बोधन गर्दै सभापति लामिछानेले कांग्रेसले आफ्नो परम्परागत निष्ठा र समावेशी चरित्र कायम राख्न नसक्दा विचार र सिद्धान्त विचलनतर्फ गएको दाबी गरे।

“कांग्रेसको सबैभन्दा ठूलो शक्ति इतिहास हो, तर सँगसँगै तपाईंहरूको ठूलो कमजोरी पनि इतिहास नै हो,” उनले भने, “यदि पार्टीको निष्ठालाई महत्त्व दिइएको भए, भौतिक पूँजी भएकाहरूलाई भन्दा निष्ठावान्‌लाई प्राथमिकता दिएको भए, अनि पिछडिएका मान्छेलाई छाडेर अवसरवादीलाई टिकट नदिएको भए म पनि सायद कांग्रेस नै हुन्थेँ होला।”

सम्बोधनका क्रममा लामिछानेले दलीय गठबन्धन र अर्कै चुनाव चिह्नमा मतदान गर्नुपर्ने बाध्यताप्रति सङ्केत गर्दै आफ्ना कार्यकर्तालाई रूख छाडेर अरू नै चिह्नमा भोट हाल्न लगाउने प्रवृत्तिले कांग्रेसप्रति वितृष्णा पैदा गरेको उल्लेख गरे। उनले कांग्रेसलाई इतिहासको ब्याज मात्र नखाएर निष्ठा, सिद्धान्त र नयाँ पुस्ताको मूल्य-मान्यतामा फर्किन सुझावसमेत दिए।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ३९ बजे

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा