पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने « Khabarhub

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको इतिहास उसको सबैभन्दा ठूलो शक्ति हुनुका साथै प्रमुख कमजोरी पनि भएको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौँको खुलामञ्चमा सम्बोधन गर्दै सभापति लामिछानेले कांग्रेसले आफ्नो परम्परागत निष्ठा र समावेशी चरित्र कायम राख्न नसक्दा विचार र सिद्धान्त विचलनतर्फ गएको दाबी गरे।

“कांग्रेसको सबैभन्दा ठूलो शक्ति इतिहास हो, तर सँगसँगै तपाईंहरूको ठूलो कमजोरी पनि इतिहास नै हो,” उनले भने, “यदि पार्टीको निष्ठालाई महत्त्व दिइएको भए, भौतिक पूँजी भएकाहरूलाई भन्दा निष्ठावान्‌लाई प्राथमिकता दिएको भए, अनि पिछडिएका मान्छेलाई छाडेर अवसरवादीलाई टिकट नदिएको भए म पनि सायद कांग्रेस नै हुन्थेँ होला।”

सम्बोधनका क्रममा लामिछानेले दलीय गठबन्धन र अर्कै चुनाव चिह्नमा मतदान गर्नुपर्ने बाध्यताप्रति सङ्केत गर्दै आफ्ना कार्यकर्तालाई रूख छाडेर अरू नै चिह्नमा भोट हाल्न लगाउने प्रवृत्तिले कांग्रेसप्रति वितृष्णा पैदा गरेको उल्लेख गरे। उनले कांग्रेसलाई इतिहासको ब्याज मात्र नखाएर निष्ठा, सिद्धान्त र नयाँ पुस्ताको मूल्य-मान्यतामा फर्किन सुझावसमेत दिए।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ३९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४