ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ « Khabarhub

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ को आगामी शृंखलाका ओमान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।  

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीलाई बिदाइ गरेको हो । एकदिवसीय उक्त शृंखलाका लागि क्यानले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा टोलीको घोषणा गरिसकेको थियो । 

लिग–२ प्रतियोगितामा नेपालको यो अन्तिम शृंखला हो । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको शीर्ष चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । 

लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि नेपालका लागि उक्त शृंखला निकै महत्त्वपूर्ण रहेको छ । 

बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले प्रिमियर कप र ओमानमा टोलीले गरेको विगतको प्रदर्शनले टोलीमा सकारात्मक मनोवैज्ञानिक ऊर्जा दिएकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे । एकदिवसीय मान्यता जोगाइराख्न र टोलीलाई विश्वकप छनोटसम्म पुर्‍याउनका लागि राम्रो खेल प्रदर्शन गर्ने उनको भनाइ छ ।

त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट लले बिगतको नजिताका आधारमा मैदानमा फर्कँदा टोलीको मनोबल र आत्मविश्वास उच्च हुने बताए । उनले क्यानडा र ओमान अंकतालिकामा नेपालभन्दा माथि रहेकाले उनीहरू विरुद्ध स्पष्ट रणनीति बनाएर मैदान उत्रिनु आवश्यक रहेको उल्लेख गरे ।
 

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा हालसम्म ३६ खेल खेलेको स्कटल्यान्ड ४५ अंकसहित तालिकाको पहिलो स्थानमा छ । ३२ खेल खेलेको अमेरिका ४३ अंकसहित तालिकाको दोस्रो स्थानमा र समान ३२ खेल खेलेको नेदरल्यान्ड्स ३८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । ३२ खेलबाट २४ अंक बटुलेको नेपाल सातौँ स्थानमा रहेको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ६ : २० बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर