सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी « Khabarhub

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको फिल्म ‘मातृभूमि’ अब प्रदर्शनको नजिक पुगेको छ । भारत–चीनबीचको गलवान द्वन्द्वमा आधारित यो फिल्मले महत्त्वपूर्ण सरकारी स्वीकृति पाएपछि यसको रिलिजको बाटो खुलेको हो ।

निर्देशक अपूर्व लाखियाको फिल्म यसअघि ‘ब्याटल अफ गलवान’ नाममा घोषणा गरिएको थियो । सन् २०२० मा भारत र चीनका सैनिकबीच भएको गलवान घटनालाई कथाको आधार बनाइएको फिल्ममा चीनको प्रस्तुतिलाई लिएर सरकारी तहमा चासो देखिएपछि यसको प्रदर्शन रोकिएको थियो ।

तर पछिल्लो समय भारत र चीनबीचको सम्बन्धमा सुधार आएपछि निर्माण पक्षले फिल्मको कथावस्तु र प्रस्तुतीकरणमा आवश्यक परिमार्जन गरेको बताइएको छ । परिमार्जित नयाँ संस्करणबाट अधिकारीहरू सन्तुष्ट भएपछि भारतको सूचना तथा प्रसारण मन्त्रालयले फिल्मलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिएको हो ।

एनओसी पाए पनि फिल्मले अझै केन्द्रीय फिल्म प्रमाणीकरण बोर्ड (सीबीएफसी)बाट प्रमाणपत्र लिन बाँकी छ। निर्माण पक्षले छिट्टै सेन्सरमा फिल्म बुझाउने तयारी गरेको छ । यो प्रक्रिया समयमै पूरा भए फिल्मलाई आगामी नोभेम्बर १३ मा प्रदर्शन गर्ने तयारी छ ।

दीपावलीपछिको समयलाई लक्षित गर्दै सलमानले यो मिति रोजेको बताइएको छ । उत्सवको माहौलमा दर्शकको ठूलो उपस्थिति हुने अपेक्षा निर्माण पक्षको छ ।

‘मातृभूमि’मा सलमानसँगै चित्रांगदा सिंह मुख्य भूमिकामा छन् भने नेपाली अभिनेता अनुपविक्रम शाहीको पनि महत्त्वपूर्ण अभिनय रहेको छ ।

सबैभन्दा चासोको विषय भनेको पुरानो संस्करणभन्दा नयाँ ‘मातृभूमि’ कति फरक बनेको छ भन्ने हो । सरकारी निर्देशनपछि फिल्ममा ठूलो परिवर्तन गरिएको र भारत–चीन सम्बन्धको सकारात्मक पक्षलाई समेत समेटिएको बताइएकाले यसको अन्तिम स्वरूप दर्शकमाझ कस्तो देखिन्छ भन्ने प्रतीक्षा झनै बढेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ७ : २६ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै