हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ « Khabarhub

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्ने बताएका छन् । आज बनेपामा पार्टीको जिल्ला समिति कार्यालयको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले जिल्लाका गाउँपालिका तथा नगरपालिकामा पार्टीको सङ्गठन विस्तार भइसकेको बताए ।

अध्यक्ष घिसिङले देश निर्माणका लागि सहकार्य र समन्वयमार्फ सबै निरन्तर खटिनुपर्नेमा जोड दिए । उनले भने “हामीले एक दिन र एक घण्टा पनि खेर नफाली निरन्तर मेहनतका साथ काम गर्नुपर्नेछ ।” उनले लामो समयदेखि आर्थिक सङ्कट तथा अभावमा गुज्रिएको मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन संस्थागत सुदृढीकरण गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालको जलस्रोत, कृषि तथा प्राकृतिक स्रोतको उच्चतम उपयोग गर्दै हरित क्रान्तिमार्फत देशको अर्थतन्त्रमा सुधार ल्याउनुपर्नेमा उनले जोड दिए । कृषिको आधुनिकीकरण, स्वच्छ ऊर्जाको प्रवर्द्धन र स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्न तथा स्वदेशमै उद्यम गर्न प्रेरित गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ८ : २९ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै