हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ « Khabarhub

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्ने बताएका छन् । आज बनेपामा पार्टीको जिल्ला समिति कार्यालयको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले जिल्लाका गाउँपालिका तथा नगरपालिकामा पार्टीको सङ्गठन विस्तार भइसकेको बताए ।

अध्यक्ष घिसिङले देश निर्माणका लागि सहकार्य र समन्वयमार्फ सबै निरन्तर खटिनुपर्नेमा जोड दिए । उनले भने “हामीले एक दिन र एक घण्टा पनि खेर नफाली निरन्तर मेहनतका साथ काम गर्नुपर्नेछ ।” उनले लामो समयदेखि आर्थिक सङ्कट तथा अभावमा गुज्रिएको मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन संस्थागत सुदृढीकरण गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालको जलस्रोत, कृषि तथा प्राकृतिक स्रोतको उच्चतम उपयोग गर्दै हरित क्रान्तिमार्फत देशको अर्थतन्त्रमा सुधार ल्याउनुपर्नेमा उनले जोड दिए । कृषिको आधुनिकीकरण, स्वच्छ ऊर्जाको प्रवर्द्धन र स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्न तथा स्वदेशमै उद्यम गर्न प्रेरित गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ८ : २९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको