पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ « Khabarhub

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रहरीले ६ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ६ लाख २३ हजार ४६५ बराबरको पटाका विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका-६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थान घर भई भरतपुर महाननगरपालिका-३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार रहेका जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । उनका अनुसार निजहरूको साथबाट ८० हजार ३७२ वटा पटाकासहित नगद रु एक लाख ७२ हजार ३०० समेत बरामद गरिएको छ ।

उनले पटाकाजस्तो विस्फोटक पदार्थको कारोबार भइरहेको जानकारी भए नजिकको प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे । पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थ कसुरअनुसार ओसारपसार, सञ्चय गरेर राखेको लगायतका कसुरमा म्याद थप गरी कारबाही गरिने प्रहरी उपरीक्षक पौडेलले बताए ।

एकसिङ्गे गैँडाको अस्थिपञ्जर भेटियो
दुर्लभ एकसिङ्गे गैँडाको अस्थिपञ्जर भेटिएको छ । राप्ती नगरपालिका-१ दमस्थानी मध्यवर्ती सामुदायिक वनमा अस्थिपञ्जर भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार झन्डै छ महिनाअघि मरेको गैँडाको खाग, खुरसहित अस्थिपञ्जर भेटिएको हो । गैँडा कालगतिले मरेको अनुमान गरिएको छ । तिवारीले खाग र खुर सुरक्षित रहेकाले गैँडा कालगतिले मरेको बताए ।

पछिल्लो गणनाअनुसार यस निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ६९४ बयस्क गैँडा रहेका छन् । देशभरमा यो सङ्ख्या ७५२ छ । सङ्ख्या बढी भएकाले प्राकृतिक कारणले गैँडाको मृत्युदर धेरै हुने गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ९ : २८ बजे

राष्ट्रपति पौडेलबाट दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा

एनपीएल खेल्न काठमाडौँ आइपुगे डेभिड मिलर (तस्बिर)

काठमाडौँ– दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर एनपीएल खेल्नका लागि आज

भारतका विदेश सचिव मिश्री काठमाडौँमा (तस्बिर)

काठमाडौँ– भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने भ्रमणका लागि

स्थानीय तहद्वारा जग्गा वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीय नागरिक

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

काठमाडौँ– भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज