उपत्यकामा एकैदिन ६०८ सवारीचालक कारबाहीमा « Khabarhub

उपत्यकामा एकैदिन ६०८ सवारीचालक कारबाहीमा


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९, सिसीटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने २३ र तीव्रगतिमा सवारी चलाउने ५८ जना रहेका छन् ।

त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १३, लेन अनुशासन उल्लङ्घन गर्ने आठ, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २१ र एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने दुई जना कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३६९ जना चालकलाई समेत कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा जाँचलाई तीव्रता दिइएको छ । ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको छ ।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्रगति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको जनाइएको छ ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित जाँच गरी सिसीटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ । 

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  १२ : ११ बजे

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

उदयपुर– उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा

उत्तर कोरियाद्वारा पूर्वी तटबाट क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी- उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

बनेपा– तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा

प्रतिनिधिसभामा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा

अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता, दुवै सदनमा बहुमतको सम्भावना

वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले रिपब्लिकनका महत्त्वपूर्ण सिट खोस्दै