कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् : राष्ट्रपति पौडेल « Khabarhub

कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् : राष्ट्रपति पौडेल


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनको आधार भएको बताएका छन् । 

दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । 

उनले भने, “सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि यही नै हो ।” 

राष्ट्रपति पौडेलले तीनै तहका सरकार जनताले राखेका ती अपेक्षा पूरा गर्नेतर्फ गम्भीर हुने विश्वास व्यक्त गरे । 

उनले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गरे । 

‘प्रशासनिक भवन केवल भौतिक संरचना मात्र होइन; यो जनताको सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासनव्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकांक्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक पनि हो’, राष्ट्रपति पौडेलले भने । 

उनले भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जबाफदेही र नागरिकमैत्री बन्न सकोस् भन्ने विश्वास व्यक्त गरे । 

प्रशासनिक भवन आधुनिक भएजस्तै प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुन आवश्यक रहेको उनको भनाइ थियो । 

राष्ट्रपति पौडेलले भने, ‘सूचना प्रविधिको अधिकतम प्रयोग, अभिलेख व्यवस्थापन, डिजिटल सेवा र गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो ।’

उनले दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसतर्फ ध्यान दिन पनि आग्रह गरे ।
 

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  १२ : १९ बजे

समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ– सात वटा समस्याग्रस्त सहकारीले  १२२ जनाको बचतकर्ताको बचत रकम

आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी खोसियो, मनोज केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौँ – सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट

बडीमालिकामा प्लास्टिकजन्य फूलमाला बिक्रीमा रोक

बाजुरा- बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

तेहरान– इरानले हर्मुज जलघाँटीबाट प्रतिबन्धित मार्ग हुँदै पार गर्न खोजेका