बडीमालिकामा प्लास्टिकजन्य फूलमाला बिक्रीमा रोक « Khabarhub

बडीमालिकामा प्लास्टिकजन्य फूलमाला बिक्रीमा रोक


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्री वितरणमा रोक लगाएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै तिहारका समयमा प्लास्टिकबाट निर्मित फूल, माला तथा अन्य सजावटका सामग्री बिक्री वितरण नगर्न व्यापारीलाई आग्रह गरेको हो । साथै स्थानीयस्तरमा उत्पादन भएका प्राकृतिक फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी र सर्वसाधारणलाई अनुरोध गरेको छ ।

स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरण संरक्षण तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले निर्णयविपरीत प्लास्टिकजन्य वा गुणस्तरहीन फूलमाला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गर्ने चेतावनीसमेत दिएको छ ।

नगर उपप्रमुख नन्दाकुमारी थापाले स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गरी उनीहरूको आम्दानीको स्रोत सुनिश्चित गर्न प्लास्टिकजन्य फूलमाला बिक्रीमा रोक लगाइएको बताए।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  २ : ०९ बजे

तिहारका लागि एक हजार ५९१ भेडाच्याङ्ग्रा मुस्ताङबाट बेँसी झारिए

मुस्ताङ– तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिएका

१६ वर्षपछि अघि बढ्यो भरतपुरको ल्यान्डफिल साइट निर्माण प्रक्रिया

नारायणगढ– ढिलै भए पनि अन्ततः भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण

गृह मन्त्रालय पुगे नवनियुक्त आईजीपी केसी, आजै पदभार ग्रहण गर्ने

काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसी गृह

मन्त्रिपरिषद्बाट निर्णय भए मात्रै बजेटबारे छलफल गर्ने कांग्रेसको अडान

धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारका अत्यावश्यक तथा

नेपाल र भारतबीच बहुआयामिक साझेदारी थप सुदृढ बनाउन परराष्ट्र सचिवस्तरीय छलफल

काठमाडौँ – नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय द्विपक्षीय वार्ता बुधबार