दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी « Khabarhub

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनका विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागरको विवादमा सतर्क रहन र चीनसँगको सम्बन्धमा हस्तक्षेप गर्ने व्यक्तिमाथि नियन्त्रण गर्न फिलिपिन्सलाई आग्रह गरेका छन्।

फिलिपिन्सकी विदेशमन्त्री थेरेसा लाजारो र वाङबीच मङ्गलबार राति भएको टेलिफोन वार्तामा दुई देशको सम्बन्ध तथा क्षेत्रीय विवादबारे छलफल भएको थियो । दुवै पक्षले कूटनीतिक संवाद जारी राख्ने र आपसी सम्मानका आधारमा मतभेद समाधान गर्ने सहमति जनाएका छन् ।

चीन र फिलिपिन्सबीच दक्षिण चीन सागरको स्वामित्वलाई लिएर पछिल्ला वर्षहरूमा तनाव बढ्दै आएको छ । यसैबीच, फिलिपिन्सका लागि चिनियाँ राजदूतले चीनले चाहे बल प्रयोग गरेर सजिलै जित्न सक्ने अभिव्यक्ति दिएपछि राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले त्यसलाई धम्कीका रूपमा लिएको थियो ।

वार्तामा रिड ब्यांक क्षेत्रमा रोकिएको संयुक्त तेल तथा ग्यास अन्वेषणसम्बन्धी छलफल पुनः सुरु गर्ने सम्भावनाबारे पनि कुराकानी भएको फिलिपिन्सका एक अधिकारीले बताएका छन् । उक्त क्षेत्र फिलिपिन्सको विशेष आर्थिक क्षेत्रभित्र पर्ने भए पनि चीनले समेत दाबी गर्दै आएको छ ।

दक्षिण चीन सागरको विवादमा भियतनाम, मलेसिया, ब्रुनाई र ताइवान पनि संलग्न छन् । विश्व व्यापारका लागि महत्त्वपूर्ण समुद्री मार्ग रहेको यस क्षेत्रमा क्षेत्रीय दाबीका कारण तनाव कायम छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  २ : २५ बजे

‘जलवायु अनुसन्धानका लागि थिङ्क ट्याङ्क र विश्वविद्यालयलाई बलियो बनाउनुपर्छ’

दिगो विकास र जलवायु परिवर्तनका मुद्दाहरूमा युवा तथा अन्य समुदायको

डा. केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन

काठमाडौँ –  चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा. डा.

इजरायलमा निर्वाचन धाँधलीको आरोप पुष्टि भएन, नेतान्याहुको सत्ता समीकरण चुनौतीपूर्ण

तेल अभिभ- इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि

नेपाल संवत् ११४७ मनाउन १०७ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौँ– नेपाल संवत्को नयाँ वर्ष ११४७ भव्यताका साथ मनाउन नेवार

तीन दशकमा दोहोरियो आईजीपी हटाउने इतिहास : के भएको थियो ०५३ सालमा ?

काठमाडौँ – नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने वालेन्द्र साह सरकारको