वासिङ्टन- अमेरिकी मध्यावधि निर्वाचनमा अर्बपति व्यवसायी एलन मस्कको चुनावी खर्च र राजनीतिक प्रभाव पनि चर्चामा आएको छ ।
अमेरिकी चुनावी आर्थिक सहयोगसम्बन्धी अभिलेख विश्लेषण गर्ने संस्था ओपनसेक्रेट्सका अनुसार मस्कले रिपब्लिकन उम्मेदवार र रूढिवादी विचारधाराका सङ्गठनलाई समर्थन गर्न कम्तीमा ४५ करोड ५० लाख अमेरिकी डलर खर्च गरेका छन् । यो कुनै एक व्यक्तिले अमेरिकी चुनावमा गरेको अहिलेसम्मकै ठूलो खर्च भएको बताइएको छ ।
टेक्सासमा भएको सिनेट निर्वाचनका क्रममा मस्कले रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा मात्रै २० करोड डलरभन्दा बढी खर्च गरेका थिए । तर, ठूलो आर्थिक सहयोगका बाबजुद प्याक्सटन डेमोक्रेटिक पार्टीका उम्मेदवार जेम्स तालारिकोसँग पराजित भएका छन् ।
केही वर्षअघि मस्कले आफ्नो बसोबास र केही व्यावसायिक गतिविधि टेक्सासमा स्थानान्तरण गरेका थिए ।
निर्वाचनमा विजय हासिल गरेपछि सम्बोधन गर्दै तालारिकोले समर्थकहरूलाई अरबपति र खर्बपति दातासहित विद्यमान राजनीतिक व्यवस्थाको संरक्षण गर्ने भ्रष्ट व्यक्तिहरूलाई जनताको शक्तिले जवाफ दिएको बताए।
उनले भने, ‘हामीले यस राज्य र देशका हरेक अरबपति दाता, खर्बपति दाता तथा खराब राजनीतिक व्यवस्थाको बचाउ गर्ने भ्रष्ट व्यक्तिलाई एउटा सन्देश दिएका छौँ, सत्ता जनताको हातमा छ ।’
यसैबीच, सामाजिक सञ्जाल एक्समा केही घण्टासम्म मौन बसेपछि मस्कले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘यसपटक चुनावमा हस्तक्षेप गर्ने मेरा अन्तरिक्ष लेजरहरूले काम गर्नेछन् जस्तो छ ।’














प्रतिक्रिया