बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– बाघको आक्रमणबाट स्थानीय ४६ वर्षीय भीम महतोको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनअन्तर्गत बेथरी खोला नजिक निउरो टिप्न गएका बेला बाघको आक्रमणबाट उनको मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार महतो मंगलबार दिउँसो तीन जनासँग निउरो टिप्न गएका थिए । सोही क्रममा बाघले आक्रमण गरी उनलाई लगेको थियो ।
 
महतोसँगै गएका साथीले इलाका प्रहरी कार्यालय दिव्यनगरमा जानकारी गराएपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजी सुरु गरिएको थियो ।
 
खोजीका क्रममा आज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा महतोको शव फेला परेको प्रहरीले जनाएको छ । शव नजिकै रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ३ : ३३ बजे

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ।

नयाँ आइजिपी छानिएपछि गृह मन्त्रालयमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिने

वायुयान र पार्टपुर्जाको आयात–निर्यात अब अनलाइनबाटै

काठमाडौँ  – वायुयान तथा त्यसका पार्टपुर्जाको आयात–निर्यातका लागि आवश्यक सिफारिस

छ बुँदामा हेर्नुहोस् डा. केसीका माग कार्यान्वयनको अवस्था के छ ? 

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा.डा. गोविन्द

यस वर्षको मनसुनजन्य विपद्मा १३३ जनाको मृत्यु, १४ जना बेपत्ता

काठमाडौँ–  यस वर्षको मनसुन अवधिमा देशभर भएका विपद्जन्य घटनामा परी १३३