काठमाडौँ – सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएको घटनाको कारण पत्ता लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो ।
मङ्गलबार फेरिचेमा एयर डाइनेस्टीको हेलिकप्टर (९एन–एओडी) र फिस्टेल एयरको हेलिकप्टर (९एन–एजेआर) एकापसमा ठोक्किएका थिए । दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलट र एक यात्रु घाइते भएका थिए ।
समितिलाई दुर्घटनाको कारण र त्यसमा संलग्न कारक तत्त्वको अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । साथै, आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुरक्षा उपाय र सुधारका सुझावसमेत समितिले सिफारिस गर्नेछ ।














प्रतिक्रिया