मन्त्रिपरिषद्बाट निर्णय भए मात्रै बजेटबारे छलफल गर्ने कांग्रेसको अडान « Khabarhub

मन्त्रिपरिषद्बाट निर्णय भए मात्रै बजेटबारे छलफल गर्ने कांग्रेसको अडान


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारका अत्यावश्यक तथा अनिवार्य दायित्वका कार्यक्रम मात्रै कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्बाट भए बजेट विवादबारे छलफल गर्न तयार रहेको जनाएको छ ।

बुधबार धनगढीमा बसेको संसदीय दलको बैठकले कर्मचारीको तलब, अस्पताल सञ्चालनलगायत अत्यावश्यक कार्यक्रम मात्रै कार्यान्वयन गर्ने र अन्य बजेट कार्यक्रम तथा खर्च रोक्ने निर्णय मन्त्रिपरिषद्बाट हुनुपर्ने सर्त अघि सारेको हो ।

संसदीय दलका नेता कमलबहादुर शाहले मन्त्रिपरिषद्बाट यस्तो निर्णय गरी प्रदेशसभालाई जानकारी गराएपछि मात्रै बजेटका विषयमा छलफल र संवाद अघि बढाउन सकिने बताए ।

उनका अनुसार यसअघि सरकारको राजीनामा माग गर्ने निर्णय गरेको कांग्रेसले प्रदेशसभामा जारी गतिरोध अन्त्यका लागि सभामुखसँग भएको संवादपछि बजेटबारे छलफल गर्न सर्तसहित लचकता देखाएको हो ।

‘हामीले उठाएका विषयको निरूपण नभएसम्म बजेटसम्बन्धी कुनै प्रक्रियामा सहभागी हुँदैनौँ,’ शाहले भने, ‘अर्थमन्त्री र सभामुख दुवैले बजेटमा त्रुटि भएको र सुधार्न तयार रहेको सदनमै बताउनुभएको छ । तर, मन्त्रिपरिषद्ले त्यसबारे निर्णय गरेको भए सदनलाई जानकारी गराउनुपर्छ । त्यसपछि थप छलफल हुन्छ ।’

कांग्रेस संसदीय दलको बैठकले तत्काल प्रदेशसभा बैठक बोलाउन सभामुखलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ । बाँकी विषय संसदीय प्रक्रियाबाटै टुङ्ग्याउनुपर्नेमा दलले जोड दिएको छ ।

यसअघि गत असोज २६ गते प्रतिपक्षी दलहरूको बहिष्कारबीच प्रदेशसभाको बहुमतले बजेट पारित गरेको थियो । बजेट विवादकै कारण तत्कालीन मुख्यमन्त्री शाह नेतृत्वको सरकार विघटन भएपछि गठित मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारले ल्याएको बजेटमाथि पनि विवाद जारी छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ४ : ३२ बजे

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ।

नयाँ आइजिपी छानिएपछि गृह मन्त्रालयमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिने

वायुयान र पार्टपुर्जाको आयात–निर्यात अब अनलाइनबाटै

काठमाडौँ  – वायुयान तथा त्यसका पार्टपुर्जाको आयात–निर्यातका लागि आवश्यक सिफारिस

छ बुँदामा हेर्नुहोस् डा. केसीका माग कार्यान्वयनको अवस्था के छ ? 

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा.डा. गोविन्द

यस वर्षको मनसुनजन्य विपद्मा १३३ जनाको मृत्यु, १४ जना बेपत्ता

काठमाडौँ–  यस वर्षको मनसुन अवधिमा देशभर भएका विपद्जन्य घटनामा परी १३३