वायुयान र पार्टपुर्जाको आयात–निर्यात अब अनलाइनबाटै « Khabarhub

वायुयान र पार्टपुर्जाको आयात–निर्यात अब अनलाइनबाटै


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ  – वायुयान तथा त्यसका पार्टपुर्जाको आयात–निर्यातका लागि आवश्यक सिफारिस र अनुमति प्रक्रिया अब अनलाइन प्रणालीबाटै हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’को पहलमा भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली (नेसनल सिंगल विन्डो) कार्यान्वयनसम्बन्धी सम्झौता भएको हो ।

सम्झौतासँगै वायुयान तथा तिनका पार्टपुर्जा (एचएस कोड ८८०१ र ८८०२) को आयात–निर्यातका लागि प्राधिकरणबाट लिनुपर्ने सिफारिस तथा अनुमति अनलाइनमार्फत प्राप्त गर्न सकिनेछ ।

यसअघि आवश्यक सिफारिस तथा अनुमति लिन विभिन्न सरकारी निकायमा भौतिक रूपमा उपस्थित हुनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था थियो । नयाँ व्यवस्थाले त्यस्तो झन्झट हटाउनुका साथै सेवा प्रवाहलाई छिटो र सहज बनाउने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमार्फत आवश्यक वेब सेवा उपलब्ध गराई भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग सूचना आदानप्रदान तथा प्रणाली एकीकरण गर्नेछ । प्राधिकरणले सिफारिस प्रक्रियाको विद्युतीय व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन र तथ्याङ्क सुरक्षाका लागि आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउनेछ ।

त्यस्तै, भन्सार विभागले एकद्वार प्रणालीमार्फत प्राप्त हुने सिफारिस तथा अनुमतिका आधारमा आयात–निर्यातसम्बन्धी भन्सार प्रक्रिया अघि बढाउनेछ ।

नयाँ व्यवस्थाबाट वायुयान तथा पार्टपुर्जाको आयात–निर्यातमा हुने प्रशासनिक ढिलाइ कम हुनुका साथै हवाई सेवा सञ्चालक, विमान मर्मतसम्भार कम्पनी तथा उड्डयन क्षेत्रका व्यवसायीलाई आवश्यक सामग्री आयात गर्न सहज हुने विश्वास गरिएको छ ।

सरकारी सेवा प्रक्रियालाई डिजिटल प्रविधिमा आबद्ध गरी पारदर्शी, छिटो र सेवाग्राहीमैत्री बनाउने सरकारको नीतिअनुरूप यो व्यवस्था अघि बढाइएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ५ : १० बजे

‘कोप-३१ मा नेपालको अर्थपूर्ण सहभागिता अपरिहार्य’

प्रधानमन्त्रीले कोप-३१ सम्मेलनमा सहभागिता नजनाउने हुनुभएको छ । सामान्यतया राष्ट्रसंघीय

खरिद प्रक्रियाबारेका समाचार भ्रमपूर्ण : नेपाल टेलिकम 

कााठमाडौँ– नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा

दर्ज्यानी चिह्न ग्रहणपछि आईजीपी केसीले गरे सरकारी गाडीको पूजा

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसी दर्ज्यानी चिह्न

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ – पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान