मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो « Khabarhub

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ। चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए । 

क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब आधा घण्टाको पैदल दूरीमा पहिरो गएको लामाले जानकारी दिए । 

‘क्य्राकबाट सेराङ जाने बाटोमा पर्ने बुम्राङमा ठूलो सुक्खा पहिरो झरिरहेको छ’, वडाध्यक्ष लामाले भने, ‘मङ्गलबार बिहान ११ः०० बजेतिर धुवाँ उडेर पहिरो झर्‍यो । हामी १ः०० बजेतिर गएर हेरेर फक्र्यौं । फेरि अहिले गए राति उस्तैगरी झर्‍यो  । अहिले हेर्न जाउँ भनेर खोजेको निरन्तर झरिरहेको छ । जान सकिएन ।’

लामाका अनुसार साकिमा डाँडाबाट सेराङ खोलासम्म ३०० मिटरभन्दा लामो पहिरो झरेको छ । 

‘आगो फुक्दा आएजस्तो सेतो धुवाँ उडेको छ’, उनले भने, ‘डाँडाबाट खोलासम्मचाहिँ करिब ३०० मिटर जति छ । अहिले पनि झरिरहेकाले कति फराकिलो छ भनेरचाहिँ थाहा पाउन सकिएन ।’

 उक्त पहिरोका कारण सेराङ गुम्बामा रहेका करिब ४०० जनालाई समस्या भएको छ । ‘गुम्बामा लामा पढ्ने विद्यार्थी २०० जना जति छन् । लामा गुरु र गुम्बाको वृद्धाश्रममा गरी २०० जना गुम्बामा छन्’, वडाध्यक्ष लामाले भने, ‘उनीहरुलाई रासनलगायत आवश्यक सामग्री उपलब्ध गराउन समस्या हुने भयो ।’

गोरखाको हिमाली भेगतिर धमाधम सुक्खा पहिरो र हिमपहिरो झर्न थालेपछि स्थानीयबासी चिन्तित छन् । 

‘खै अचेल हाम्रो हिमालतिर के भएको हो ?’, वडाध्यक्ष लामाले चिन्ता व्यक्त गरे, ‘केही समयअघि गत असोज २५ गते सेराङ हिमालकै पूर्वी पाटोमा हिमपहिरो खसेर उङ्गिलुङ खोला थुनिएर बूढीगण्डकीमा विनाशकारी बाढी गएको थियो ।’

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ५ : २० बजे

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ – पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६ प्रतिशत

काठमाडौँ – रक्षा मन्त्रालय र नेपाली सेनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४

सरकारलाई कांग्रेसको चेतावनी : पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार

गृहमन्त्रीको निर्देशन- अपराध नियन्त्रणमा सक्रिय हुनू, आईजीपीको प्रतिबद्धता : ‘सुरक्षा र निष्पक्षतामा सम्झौता गर्दिनँ’

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान