‘प्रदेश सरकारले सार्वजनिक-निजी साझेदारी मोडलमार्फत विकासका आयोजना अघि बढाउने’ « Khabarhub

‘प्रदेश सरकारले सार्वजनिक-निजी साझेदारी मोडलमार्फत विकासका आयोजना अघि बढाउने’


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत विकास निर्माणका आयोजना अघि बढाउने बताएका छन् । 

बुधबार उदयपुरको त्रियुगा नगरपालिका–६, जलजलेस्थित यातायात व्यवस्था सेवा कार्यालयको नवनिर्मित १३ कोठे भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको लगानी भित्र्याएर ठूला पूर्वाधार तथा सेवामूलक आयोजना सञ्चालन गर्ने सरकारको योजना रहेको बताएका हुन्  । 

उनले त्रियुगाको बरुवा बसपार्क पीपीपी मोडलमा निर्माण गर्ने प्रस्तावले प्रदेश लगानी प्राधिकरणबाट स्वीकृति पाइसकेको जनाए । प्रदेश सरकारले एक हजार किलोमिटर सडक बहुवर्षीय योजनामार्फत निर्माण तथा स्तरोन्नति गरिरहेको र सयौँ पक्की तथा झोलुङ्गे पुल निर्माण गरेको दाबी गर्दै उनले प्रदेश सरकारको औचित्य कामबाटै पुष्टि हुँदै गएको उल्लेख गरे । 

कोशी प्रदेश सरकारले २०७९ माघ १४ गते ४२ लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण सुरु गरेको उक्त भवन पटक–पटकको बजेट विनियोजनपछि झन्डै एक करोड रुपैयाँको लागतमा सम्पन्न भएको हो। 

यसअघि सदरमुकाम गाईघाटस्थित भाडाको घरबाट सञ्चालन हुँदै आएको कार्यालय अब आफ्नै १३ कोठे भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ५ : ४९ बजे

ऐन कार्यान्वयन र प्रभावकारिता परीक्षण गर्ने प्रणाली संस्थागत हुँदै

काठमाडौँ – नेपालमा ऐन निर्माणपछि त्यसको कार्यान्वयन अवस्था र प्रभावकारिता परीक्षण

तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, ईआरपी परियोजना अन्तिम चरणमा

काठमाडौँ– नेपाल आयल निगमले आफ्नो सम्पूर्ण कारोबारलाई एउटै एकीकृत डिजिटल

बागमती प्रदेश प्रमुखसमक्ष आदिवासी जनजाति आयोगको सातौँ वार्षिक प्रतिवेदन पेश

काठमाडौं – बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आदिवासी जनजाति

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच ऊर्जा सहकार्यबारे छलफल

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतका विदेश

गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई