‘प्रदेश सरकारले सार्वजनिक-निजी साझेदारी मोडलमार्फत विकासका आयोजना अघि बढाउने’ « Khabarhub

‘प्रदेश सरकारले सार्वजनिक-निजी साझेदारी मोडलमार्फत विकासका आयोजना अघि बढाउने’


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत विकास निर्माणका आयोजना अघि बढाउने बताएका छन् । 

बुधबार उदयपुरको त्रियुगा नगरपालिका–६, जलजलेस्थित यातायात व्यवस्था सेवा कार्यालयको नवनिर्मित १३ कोठे भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रको लगानी भित्र्याएर ठूला पूर्वाधार तथा सेवामूलक आयोजना सञ्चालन गर्ने सरकारको योजना रहेको बताएका हुन्  । 

उनले त्रियुगाको बरुवा बसपार्क पीपीपी मोडलमा निर्माण गर्ने प्रस्तावले प्रदेश लगानी प्राधिकरणबाट स्वीकृति पाइसकेको जनाए । प्रदेश सरकारले एक हजार किलोमिटर सडक बहुवर्षीय योजनामार्फत निर्माण तथा स्तरोन्नति गरिरहेको र सयौँ पक्की तथा झोलुङ्गे पुल निर्माण गरेको दाबी गर्दै उनले प्रदेश सरकारको औचित्य कामबाटै पुष्टि हुँदै गएको उल्लेख गरे । 

कोशी प्रदेश सरकारले २०७९ माघ १४ गते ४२ लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण सुरु गरेको उक्त भवन पटक–पटकको बजेट विनियोजनपछि झन्डै एक करोड रुपैयाँको लागतमा सम्पन्न भएको हो। 

यसअघि सदरमुकाम गाईघाटस्थित भाडाको घरबाट सञ्चालन हुँदै आएको कार्यालय अब आफ्नै १३ कोठे भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ५ : ४९ बजे

दर्ज्यानी चिह्न ग्रहणपछि आईजीपी केसीले गरे सरकारी गाडीको पूजा

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसी दर्ज्यानी चिह्न

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौँ – पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६ प्रतिशत

काठमाडौँ – रक्षा मन्त्रालय र नेपाली सेनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४

सरकारलाई कांग्रेसको चेतावनी : पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको वैधानिकताका सवालमा जस्तोसुकै छानबिनका लागि तयार