बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति « Khabarhub

बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ करोड बराबरको क्षति भएको छ । आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै रहेको राजेश मण्डलको घरमा आगलागी भएको थियो । घरको दोस्रो तलामा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार, आगलागीबाट शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदाममा करिब रु तीन करोड, निरिका फार्मेसी तथा गोदाममा रु एक करोड र घरधनी मण्डलको घरमा रु दुई करोड बराबरको क्षति भएको छ ।

आगो आसपासका घरमा समेत फैलिएको थियो । आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादहका सातवटा दमकल परिचालन गरिएका थिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसमेत आगो नियन्त्रणमा खटिएका थिए । घण्टौँको प्रयासपछि आगो निभाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ८ : २४ बजे

पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा

अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरानी सर्वोच्च नेता

तेहरान – इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति

झापा – झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ