प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित « Khabarhub

प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा बोर्नमाउथलाई हराउँदै आर्सनल शीर्ष स्थानमा कायम छ । बोर्नमाउथविरुद्ध ३-२ को जितसँगे आर्सनलले शीर्ष स्थानमा आफूलाई दरिलो बनाएको छ ।

खेलमा सुरुवाती अग्रता लिएको बोर्नमाउथविरुद्ध आर्सनलले कमब्याक जित निकालेको हो । खेलको १० औं मिनेटमा बोर्नमाउथका लागि इभानिल्सले सुरुवाती गोल गरेका थिए । त्यसको ६ मिनेटपछि आर्सनल खेलमा फर्किएको थियो ।

खेलको १६ औं मिनेटमा गाब्रियलको गोलमा आर्सनलले बराबरी गरेको हो । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थप गोल भए ।

खेलको ५४ र ७१ मिनेटमा आर्सनलका लागि डेक्लान राइसले दुई गोल गर्दै गर्दै ३-१ को अग्रता बनाए । बोर्नमाउथका लागि ७६ औं मिनेटमा जुनियर क्रुपीले गोल गर्दै खेल ३-२ मा टुंग्याएका हुन् ।

यो जितसँगै आर्सनलले २० खेलमा ४८ अंक जोडेको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : १२ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण