काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच पुस १४ गते एकता भएपछि आज पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।
केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।













प्रतिक्रिया