महिला टी-२० विश्वकप छनोट : आयोजक नेपालको तयारी कस्तो छ ? « Khabarhub

महिला टी-२० विश्वकप छनोट : आयोजक नेपालको तयारी कस्तो छ ?


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटका खेल काठमाडौंमा हुँदैछन्। आईसीसीको समन्वयनमा नेपाल क्रिकेट संघ (क्यान)ले खेलतालिका सार्वजनिक गरिसकेको छ। क्यानले छनोट खेलको काउन्डाउन सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएको छ।

क्यानको काउनडाउनमा अधिकांश प्रतिक्रिया भने खेलको तयारीको सम्बन्धमा आएका छन्।

प्रतियोगितामा नेपालसहित १० देश सहभागी हुँदैछन्। विश्वकप छनोटमा आयोजक नेपाल समूह ‘बी’मा परेको छ।

यो प्रतियोगिता त्रिवि क्रिकेट मैदान, कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुँदैछ।प्रतियोगिताको सुरुवात जनवरी १८ तारिख (माघ ४ गते) देखि हुँदैछ।

क्यानले सार्वजनिक गरेको सूचना अनुसार समूह ‘बी’मा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबे छन् भने समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवान्युगिनी र अमेरिका छन्।

नेपालले पहिलो खेलमा जनवरी १८ तारिखमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।यो खेल मुलपानी मैदानमा हुँदैछ।नेपाली महिला टिम पहिलो पटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको हो।

१० देश सहभागी सुपर सिक्सको छनोट हुनेछ। सुपर सिक्सबाट शीर्ष चारमा पर्न सफल देश २०२६ को विश्वकपमा छनोट हुनेछन्।

विश्वकप छनोट अगाडि जनवरी १४ देखि १६ तारिखसम्म वामअप खेल हुँदैछन्। अहिले नेपाली महिला टोली अभ्यासमा व्यस्त छ। क्यनले इन्दु बर्माको कप्तानीमा नेपाली टोलीलाई अभ्यासमा व्यस्त राखेको हो।
क्यान पहिलो पटक महिला टोलीका लागि विदेशी प्रशिक्षकका रुपमा हर्षल पाठकलाई भित्र्याएको छ।

क्याले पुस १ गते पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो। पाठक भारतीय क्रिकेट प्रशिक्षक हुन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्डका प्रशिक्षक पाठक नेपाली महिला टिमको पहिलो विदेशी प्रशिक्षक बनेका हुन्। यसले नेपाली टिममा उत्साह थपिएको छ। घरेलु मैदानमा हुने प्रतिगितामा सक्दो फाइदा उठाउने रणनीतिसहित नेपाली टिम मैदानमा हुनेछ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ८ : ४१ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर